Hardik Logo

सामाजिक अभियानहरू

यो कार्यक्रमले समाजमा व्याप्त कुरीति, हिंसा र वैमनस्यलाई हटाउन सामूहिक आवाज बुलन्द पार्छ। यसले युवाहरूलाई केवल स्वयंसेवक मात्र नभई सामाजिक अभियन्ताको रूपमा विकास गर्दछ।

  • करुणा सप्ताह (Compassion Week): वर्षको एक साता विशेष रूपमा सेवा, सरसफाइ र सहयोगका कार्यक्रमहरू गरी देशभर सहृदयताको सन्देश फैलाइनेछ।

  • युवा सहृदयता नेतृत्व: युवाहरूलाई नेतृत्व लिने कला, सार्वजनिक भाषण र समस्या समाधानका सीपहरू सिकाएर सामाजिक नेतृत्वका लागि तयार पारिनेछ।

  • जनसञ्चार गतिविधि: सडक नाटक, बहस कार्यक्रम र डिजिटल मिडिया मार्फत सामाजिक न्याय र समानताको पक्षमा जनमत सिर्जना गरिनेछ।